
काठमाडौं, साउन १३ । भद्रकला आङबुहाङ राईको परिचय गीतकारले मात्र पुग्दैन् । सफल समाजसेवीका रुपमा पनि उनलाई चिन्नेहरु धेरै छन् ।
ताप्लेजुङको चाँगेमा जन्मिएकी भद्रकला पछिल्लो समय अशक्त र असाहय व्यक्तिहरुको सेवा गरेर चर्चित बनेकी छिन् । वि.स. २०७० सालमा पहिलो गीति एल्बम ‘अजम्बरी’ सार्वजनिक गरेकी उनले पछिल्लो समयमा एउटा दुर्लभ र प्रशंसनीय काम गरेर चर्चा बटुलेकी छिन् ।
टाउकोमा पलाएको ११ केजीको ट्यूमर झोलामा बोकेर हिड्ने चांगेकै कृष्णप्रसाद भट्टराईको शल्यक्रिया गर्न सहयोग गरेर उनले नौलो सफलता हात पारिन् । चाँगेधर्ती आमा कोषको अगुवाइमा रकम संकलन गरेर भट्टराईको ट्यूमर उपचार गरेर उनले ठूलो गुन लगाइन् ।
सुषमा कोइराला मेमोरियल अस्पतालका डाक्टर जस्मन शाक्य र जर्मनीबाट आएका डाक्टरहरुको सहयोगमा उनको सफल शल्यक्रिया गरिएको छ । विगत ४० बर्षदेखि ट्यूमरको समस्यामा रहेका भट्टराईलाई उपचारपछि राहत मिलेको छ ।
परिवारसहित हङकङ्ग बस्दै आएकी भद्रकलाले कृष्णप्रसाद लगायत धेरै व्यक्तिहरुलाई सहयोग गरेर गीतकारसँगै समाजसेवीका रुपमा आफ्नो परिचय बनाउँदै गएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्