
काठमाडौं, साउन १२ । नेपाली क्रिकेटकाबारेमा बुझ्न आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टोलीले नेपाल क्रिकेट संघ (क्यान)का दुई समिति र राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग छुट्टाछुट्टै छलफल गरेको छ ।
सो छलफलकाक्रममा आइसीसीले तदर्थ समिति किन गठन गर्नुपरेको ? भनेर राखेप सदस्यसचिव केशवकुमार विष्टलाई सोधेको थियो ।
जवाफमा विष्टले क्रिकेटकै विकासका लागि त्यस्तो कदम उठाउनुपरेको भन्दै नेपाललाई गरिएको निलम्बन फुकुवा गरे विवादरहित समिति बनाउन तयार रहेको जनाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
तीनजनाको आइसीसी टोलीले बिहीबार क्रिकेटका सबै ‘स्टेक होल्डर’हरुसँग बसेर अन्तिम छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्