२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


तीन दिन लगातार वर्षाको सम्भावना


0
Shares

काठमाडौं, असार २६ । मंगलबार असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भइ हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना देखिएको छ ।

असार २६ गते दिउँसो देशभरि नै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली रही हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।

मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत्को बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । रासस