१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ट्रकमा बम राखेर आइएसले गरायो विस्फोट, ४४ जना मारिए


0
Shares

काठमाडौं, साउन १२ । सिरियाको उत्तर पश्चिम क्वामिश्ली सहरमा इस्लामिक अतिवादी समूह ‘आइएस’ले बुधबार गराएको विस्फोटमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।

कुर्दिसहरुको नियन्त्रणमा रहेको उक्त सहरमा ट्रकमा बम राखेर विस्फोट गराइएको थियो ।

कुर्दिसको सुरक्षा मुख्यालयनजिक भएको विस्फोटमा अरु धेरैजना घाइते भएका छन् ।

आइएसले यसअघि पनि कुर्दको बाहुल्य रहेको क्षेत्रमा आक्रमण गर्दै आएको थियो । (एजेन्सी)