Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


‘गोर्खा कल्चरल नाइट’का लागि लन्डन पुगे नेपाली कलाकार


0
Shares

काठमाडौं, साउन १२ । ब्रिटिश गोर्खा नेपाली परिषदले आयोजना गर्न लागेको ‘गोर्खा कल्चरल नाइट–२’ को लागि चर्चित कलाकारहरु बेलायत पुगेका छन् ।

चर्चित गायिका प्रिती आले र नायिका नितु पोखरेल बेलायत मंगलबार लन्डन उत्रिएका छन् भने । उतै रहेका गायक रामजी खाँड, डान्सर तथा मोडल अनिता लिम्बुको पनि प्रस्तुती दिने कार्यक्रम तय भएको छ ।

२६ जुलाइमा परिषदका अध्यक्ष एकराज नेम्बाङ बिभागीय प्रमुखद्वय बिष्णु गुरुङ, रोमियन वोनेम, सल्लाहकार रविन गुरुङ, एन्डोभर प्रतिनिधि सुवास राई, विन्चेस्टर प्रतिनिधि सप्तराज राई लगायत समाजसेबीहरुले नेपालबाट पुगेका कलाकारहरुलाई भब्य स्वागत गरेका छन् ।

गोर्खा भर्ती सुरु भएको दुईसय बर्ष पुगेको उपलक्ष्यमा स्थापित ब्रिटिश गोर्खा नेपाली परिषदले यस अघि बेलायतका १४ स्थानमा कार्यक्रम गरिसकेको छ । गोर्खा कल्चरल नाइट–१ पछि यो समर सङ्स्करण हो ।

साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुद क्षेत्रमा क्रियाशिल परिषदले सन् २०१७ बाट ’ब्रिटिश गोर्खा एवार्ड’ समेत प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

१२ स्थानमा हुने गोर्खा कल्चरल नाइट–२ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । २९ जुलाईमा फेल्थाम कम्युनिटी कलेजबाट उद्घाटन हुने कार्यक्रममा गायक रामजी खाँड, गायिका प्रिती आले, नायिका नितु पोखरेल, डान्सर अनिता लिम्बुले प्रस्तुती दिने छन् ।