११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


रियो ओलम्पिकको उद्घाटन समारोहमा ब्राजिलकै राष्ट्रपति नजाने ?


0
Shares

काठमाडौं, साउन १२ । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिने भएको छ ।

संसदमा महाभियोगको प्रस्ताव खेपि रहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक गेम्समा सहभागि नहुने घोषणा गरेसँगै राजनीतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिएको हो ।

ब्राजिलमा ओलम्पिक खेल आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भुमिका खेलेका तत्कालिन राष्ट्रपति लुईज इनासियो लुला डा सिल्भा पनि ओलम्पिकमा सहभागि नहुने भएका छन् ।

निलम्बित राष्ट्रपति रुसेफको ठाँउमा अन्तरिम राष्ट्रपति मिचेल टेमरले मराकाना रंगशालामा हुने भव्य उद्घाटन समारोहमा ब्राजिलियन सरकारको तिनिधित्व गर्नेछन् ।

आगामी अगष्ट ५ तारिखबाट सुरु हुने ग्रिष्मकालिन ओलम्पिकमा २ सय ८ राष्ट्रका झण्डै १० हजार ५ सय खेलाडीले सहभागिता जनाउँदैछन् । ओलम्पिक लगत्तै राष्ट्रपति रुसेफ विरुद्ध महाअभियोग प्रस्तावले गति लिनेछ ।

रुसेफले संसदमा महाअभियोगको प्रस्ताव झेलीरहँदा पुर्व राष्ट्रपति लुला डा सिल्भा भने भ्रष्टाचार, पदको दुरुपयोग तथा अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् ।