
काठमाडौं, साउन ११ । बार्सिलोनाका गहना मानिएका विश्व प्रख्यात फुटबल स्टार लियोनल मेसी नयाँ अवतारमा देखा परेका छन् ।
कोपा अमेरिकाको फाइनलमा पराजित भएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेसी त्यस यता सार्वजनिक रुपमा देखिएका थिएनन् । उनी छुट्टी मनाउन गएको समय केही तस्वीर सार्वजनिक भए पनि मैदान वा सार्वजनिक थलोमा उनको उपस्थिति देखिएको थिएन ।
तर हालै उनी मैदानमा नयाँ अवतारमा झुल्किएका छन् र बार्सिलोनाका साथीहरुसँग अभ्यासमा जुटेका छन् ।
सामान्यतया फेसनमा त्यति ध्यान नदिने मेसीले आफ्नो कपाल रङ्ग्याएका छन् । उनको हेयर स्टाइल पनि केही परिवर्तन भएको छ ।
कर छलीको आरोपमा स्पेनको अदालतमा जरिवानासहितको फैसला गरेपछि मेसी थप तनावमा थिए । तर मैदानमा उनले आफ्ना सहकर्मीहरुसँग अभ्यासमा क्रममा त्यस्तो तनावबाट मुक्त भइसकेको संकेत गरेका छन् । उनमा हाँसो र खुशी देखिएको छ । यसलाई उनका समर्थकहरुले सुखद् संकेत मानेका छन् ।
प्रतिक्रिया दिनुहोस्