
काठमाडौं, साउन १० । बेलायती साईकल राईडर क्रिस फ्रुमले तेस्रो पटक टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि जितेका छन् ।
आइतबार भएको २१ औं तथा अन्तिम चरणको रेसपछि फ्रुमले उपाधि सुरक्षित गरेका हुन् । यो सँगै फ्रुम टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि तीन पटक जित्ने पहिलो ब्रिटिश साईकल राईडर बनेका छन् ।
उपाधिका लागि फ्रुमले यसपटक समग्र तालिकामा दोस्रो स्थानका फ्रेन्च राईडर रोमेन बार्डेटसँग ४ मिनेट ५ सेकेण्डको अग्रता बनाए ।
यसैगरी फ्रुमभन्दा ४ मिनेट २१ सेकेण्ड पछाडी रहेका कोलम्बियन राईडर नाईरो कुएन्टाना तेस्रो स्थानमा रहे । फ्रमुले यसअघि सन् २०१३ र २०१५ मा टुर डे फ्रान्सको उपाधि जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्