
काठमाडौं, साउन १० । आसन्न रियो ओलम्पिकमा रुसका एथ्लेटिक्सबाहेकका अरु खेलाडी सहभागी हुन पाउने भएका छन् ।
डोपिङ प्रकरणमा रुसी सरकारी संयन्त्रकै संलग्नता देखिएपछि रुसको पुरै टोलीलाई अोलम्पिक खेल्नबाट बन्देज लगाउनसपर्ने माग बढेको थियो ।
तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीले कुन खेलमा सहभागि गराउने वा नगराउने भन्ने जिम्मा सम्बन्धित खेलका विश्व संस्थाहरुलाई दिएपछि रुस रियो ओलम्पिकको संभावित पुर्ण प्रतिबन्धको त्रासबाट मुक्त भएको छ
अब रियो ओलम्पिकमा समावेश गरिएका हरेक खेलका विश्व संस्थाले रुसबारे अलग अलग निर्णय गर्नुपर्नेछ । अन्तराष्ट्रिय एथ्लेटिक्स महांसघ आई.ए.ए.एफ.ले यसअघि नैं रुसी एथ्लेटिक्स खेलाडीहरुलाई प्रतिबन्ध लगाइसकेको छ ।
जसको कारण रियो ओलम्पिकमा ट्र्याक एण्ड फिल्ड ईभेन्टमा एकजना पनि रुसी खेलाडी सहभागि हुन पाउने छैनन् ।
तर अन्य खेलका विश्व संस्थाले हालसम्म प्रतिबन्धको निर्णय नगरेकोले रियो ओलम्पिकमा रुसले एथ्लेटिक्सबाहेकका अन्य खेलहरुमा भने सहभागिता जनाउन पाउने संभावना छ ।
रुसी खेलकुदमा राज्यद्वारा प्रायोजित डोपिङको असर सोचेभन्दा निकै बढी रहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै रियो ओलम्पिकबाट रुसी खेलाडीलाई हटाउने सम्भावना बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्