७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ओली सरकार : सपना मात्र सपना


0
Shares

नरेन्दराज पौडेल –
सातसाले जनक्रान्तिपछिको नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओली सम्भावनका अनेकौ अवसर पाउने भाग्यमानी पधानमन्त्री थिए । नौ महिनाअगाडि गठन भएको उनको मन्त्रीमण्डमा राजाबादी राप्रपा. नेपालदेखि आफूलाई रेडिकल वामपन्थी कित्तामा राख्न रुचाउने माओवादी,माले र संघीयता विरोधी जनमोर्चासमेत एकै छातामुनि अटाएका थिए । उत्तरदक्षिण फर्किएका नौथरी मेनिफेष्टोहरु एकै ठाउँमा सँगेटिएपछि नयाँ शोच विचारको सम्मिश्रण सहित सम्भावनाको ढोका खुलेर नयाँ रुपमा नेपालको विकास हुने जनताले लख काटेका थिए । प्रतिपक्षकोरुपमा रहेको नेपाली काग्रेसले सभ्य र जिम्मेवार ढंगले संसदीय संस्कृतिको पालना गर्नुकोसाथै आफ्नो भूमिका पूरा गरेको थियो ।    लामो समय चलेको संक्र्मणकालीन अवस्थाबाट देशलाई अवतरण गराउनु ओली सरकारको गम्भीर दायित्व थियो । नयाँ संविधानले सम्बोधन गर्न बाँकीरहेका विषयहरुलाई तत्काल अर्जुनदृष्टि दिएर राजनीतिक वृत्तमा छलफल चलाउनु पर्ने थियो । देश भित्रबाहिरका विशेषज्ञ,मधेशवादी दल र जनजाति नेताहरुसित विचारविमर्श र छलफल गरेर असन्तुष्टि र विवाद अन्त्य गर्ने अनुमान गरिएको थियो । तर ओलीसरकारले यस्तो जटिल विषयमा कहील्यै गम्भीर भएर राष्टिय बहस चलाएको र सामाधानतर्फ अग्रसरता देखाएको पाइएन ।

भारतीय नाकाबनदीको समयमा पनि कूटनीतिक तहमै वार्ताको पहल गरेर इन्धन खाद्यान्न लगायत अत्यवश्यकीय कुराको आपूर्ति सहज बनाउने अपेक्षा गरिएको थियो । तर सरकरले भारतसित कूटनीतिक पहल गरेर सौहद्र्रपूर्ण समाधान निकाल्न सकेन । पौंठेजोरी खेल्नुमै राष्टियता देखेर अनादिकालदेखिको संबन्धलाई चिस्याउने काम मात्र भयो । मधेसीहरुलाई विदेशीको व्यबहार र अपाच्य शब्दावली प्रयोग गरेर चिड्याउने काम ग–यो । मधेश आन्दोलनलाई भरतीय स्वार्थमा जाडियो । सरकारका उप प्रधानमन्त्रीहरुले नै नेपालको तराइक्षेत्र भारतले गाभ्न लागेको आरोपसमेत लगाए । जनजातिका मागहरुको उचित व्यवस्थापन गर्नेतर्फ कुनै पहल नै भएन ।             नयाँ संविधानले उदार गणतन्त्रका धेरै अवसर र संभावनाहरुको ढोका खोली दिएको थियो । त्यसैको फ्रेमवर्क भित्र रहेर विकासोन्मुख संघीय नेपालको मार्गचित्र तयार गर्न यो सरकारलाई सुनौलो अवसर प्राप्त  थियो । तर यो अवधिमा देशका शिर्षस्थ नेताहरुले मिलीजुली बनाएको सरकारले आप्mनो क्षमता जिरो सावित ग–यो । इतिहासले पदान गरेको स्वर्णिम अवसरको उपयोग गर्ने कुशलता विल्कूलै देखाएन । वर्षौदेखि राजनीतिको मैदानमा धूलो उडाउँदै आएका मै हुँ भन्ने नेताहरु सतही पाखण्डी अकर्मण्य र पदलोलुपमात्र देखिए । सत्ताभत्ता र देशको ढुकुटी रित्याउन मरिहत्ते गर्ने जनतापीडक खलपात्रमात्र सावित भए । 

अर्कातिर मधेश आन्दोलनले थपेको चुनौतीलाई कूटनीतिक र राजनीतिक रुपमा सामना गर्ने हुति पनि सरकारले देखाएन । भारतको विरोध गर्नु र मधेसीलाई हेलाँ गर्नु नै बहादुरी हो भन्ने भावमात्र बोकेको यो सरकारले भारतीय नाकाबन्दीको भरपाइ स्वरुप शहरिया वर्गको निकै दरो जन समर्थन पायो । हुन त यो उसको बहादूरी नभएर छिमेकीले धेरै बाठो पल्टिँदा सित्तै हातलागी भएको बोनस थियो तर नाकाबन्दीको कूटनीतिक समाधान भन्दा अभावसंगै डटेर सामना गर्ने अठोटले गर्दा आफ्नो पपुलारिटि ह्वात्तै बढेको भ्रम प¥यो सरकारलाई । यही भ्रम जालमा परेर ओली सरकारले इन्धन र आवश्यकीय उपभोग्य बस्तुको कालो बजारी र तस्करीलाई मलजल मात्र पु¥याएन तस्करीकै छत्रछायामा हुर्के बढेका डनहरुकै इसारामा सरकारका निर्णयहरु हुन थाले । देशभित्रको जलस्रोत परिचालन गर्ने भन्दा देश बाहिरबाट विजुली किनेर लोड शेडिङ घटाउने निहुँमा कमिशनको जालो बुन्ने काम भयो । कुनै हन्तकालीले टाउकामाथि फुरौला बर्षिदा हाँझाँप गर्दै मुखमा नअटाउने बुझो कोचेको अभिनय देखियो । नपाउनेले के पायो बोक्रै सुद्द चपायो भन्ने उखान चरितार्थभयो ।

भूकम्प र बाढीपहिरोपीडित जनतामाथि सम्वेदनहीन ओली सरकारले न्यायपलिका र निजामती पशासनदेखि कूटनीतिकक्षेत्रसम्म अत्यन्त अनुदार चरित्रको छवि देखायो । शिक्षा, स्वास्थ्य निर्माण र अर्थिक सहायता नियुक्ति लगायत प्रत्येक क्षेत्रमा राजनीतिकरण गरेर देशलाई गूटबन्दीको बबार्दीतिर धकेलेको छ । ओली सरकारले धेरैथरी सपना बाडेर नेपाली जनतामाझ भ्रमको खेती गरेको थियो । घरघरै ग्यास पाइप फिट गरिदिन्छु भन्ने सरकारले ग्यासको सिलिण्डरसम्म अझै सहज उपलब्ध बनाउन सकेन । हावामा विजुली निकाल्ने कुरा गरेर देशको जलस्रोतको विकासलाइ धज्जी उडाउने र नदी नालाजति विदेशी कम्पनीलाइ दिने बेइमानी गरेको छ । ७२ किलोमिटर लामो काठमाण्डू तराइ जोडने दु्रत मार्ग निर्माण गर्न नसकेर दशथरी बहानाबाजी गर्दै आएको छ । भरपर्दो सरकारी नीति र पोत्सहनको अभावमा कार्यान्वयनको तहमा गैसकेको हेटौडा सुरुङ मार्ग पनि कुरैकुरामा तुहिन पुगेको छ । यथार्थताको धरातलमा नियालेर हेर्ने हो भने काठमाण्डौको सडक,ढलनिकास र सरसफाइ योजनासम्म भ्रष्टाचारको दलदलमा चुर्लुमै डुबेका छन । सिक्टासिंचाइ आयोजनादेखि काठमाण्डौभित्र टोलटोलमै बर्षा लागेपछि अरवौको खर्च देखाइएका हिले सडकहरुले सरकारको कार्यसंपादनलाई सचित्र पस्तुत गरेका छन ।

प्रशान्त महासागरदेखि गंगानदीसम्म नेपाली झण्डा फहराउँदै आफनै पानीजहाज चलाउने नौलो कुरा गरथे पीएम ओलीले । तर तीनकुने, नयाँबानेश्वर, पुतली सडकलगायत राजधानीका प्रमुख सडकमा चल्ने मोटरबोटले समुद्री लहर उछाल्दै हुँइँकिएको दृश्य रमिताको रुपमा जनताले मजैले भोगे । रमाएर हेरे । वर्षा न गएसम्म अझै हेर्नेछन । ढल निकासको सामान्य प्रवन्धसम्म गर्न नसकेर सरकार लाचार सावित भै रह्यो । शहरी विकास र यातायात मन्त्री कमिसन उग्राउदै काठमाण्डूका हिलाम्मेसडकहरुमा जथाभावी राजश्व खर्च गर्दै रहे । खानेपानी तथा ढल निकास विभाग र संस्थाले न पानी न दिन्छ नत ढलको निकास नै गराउछ , बरु ढलजस्तै वारम्वार अविरल बगीरहने कमीशनरुपी बाढी पिउँनमै रमाएर बसेको छ ।

देशको एउटा प्रधानमन्त्री स्पप्नद्रष्टा हुनु नराम्रो होइन । अत्यन्त राम्रो कुरा हो । किन भने सपना नदेखि देश बन्दैन । सपना नदेखेको भए शायद यो विश्व बन्दैनथ्यो । डाइनोसरले सपना देखेन हुनन् । हराए । मान्छेले सपना देख्यो— विश्व सभ्यताको मेरुदण्ड तयार भयो । गैरीवाल्डी, नेहरु स्वप्नद्रष्टा थिए । विस्मार्क स्वप्नद्रष्टा थिए । अव्रहाम लिङ्कन, केनेडी, वी.पी स्वप्नद्रष्टा थिए । त्यही सिको गरेर ओलीले पनि आपूm स्वप्नदष्टा हुनुको भ्रम रचे । तर आफूभित्र समर्पण दूरदृष्टि,सच्चरित्र र त्यागको दीपज्योती नबाली मुखले,भाषणले स्वप्नद्रष्टा हुनुको कुनै तुक रहदैदन । त्यसमा क्षुद्र अहं र प्रशंसाप्रिय पाखण्डीको कलियुगी स्वरुपमात्र देखा पर्दछ ।

आफू र आफ्नो हैसियत नबुझी ओलीले प्र.म पद लिएदेखि नै अराजनीतिक चरित्र देखाए । देशले नेता होइन राजनेता चाहेको थियो । तर प्रम ओलीको क्रियाकलाप र व्यवहार हास्य अभिनेताको जस्तो रह्यो । राज्य चलाउने गम्भीर कुरामा उनी मस्तीको शैलीमा ख्यालठट्टा गर्दैरहे । उनले बाहिर देखाउने गरेको दृढता र स्वाभिमान भारतको नाकावन्दीमा चोरिछिपी भित्रिएको पेट्रोलियमको 

ओली आफ्नो कार्यालयको भित्तामा फोटो सजाउनमात्र प्रधानमन्त्री बनेको होइन भन्थे । उनी बीपी, इन्दिरा ,भुट्टो ,शेख वा अरु कुनै लायक प्रधान मन्त्री देखिन चाहन्थे । काम गर्ने हुति र मति भए सक्थे पनि । तराइमधेशका समस्या र जनजातीका मागमाथि सहानुभूतिपूर्वक उचित सम्बोधन गर्न सकेकोे भए उनकै कार्यकालमा सर्वांसमा नयाँ संविधान लागू हुन सक्थ्यो । त्यसैको धरातलमा उभिएर देशले विकासनिर्माणका मार्गमा नयाँ फटको मार्ने थियो । ओली इतिहासपुरुष बन्थे । तर अवसर दुर्भाज्ञमा परिणत भैदिँदा त्यो संभव भएन । त्यस लायक राजनयिक मान्छे बन्ने संस्कार संस्कृति पनि उनीभित्र भेटिएन । समाजदर्शन र राजनीतिको गम्भीर अध्ययन उनीसंग थिएन । धेरै थरी जात थर वर्णमा परिभाषित नेपाली समाजको समयसापेक्ष गम्भीर पहिचान र विधितापूर्ण इतिहासमा दख्खल राख्ने क्षमता उनले देखाएनन । फलतः सपना मात्र सपना बनेर तुहिए ।