११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बोल्टले लन्डनमा स्वर्ण जिते, ओलम्पिकमा फेरि च्याम्पियन हुने संकेत ?


0
Shares

काठमाडौं, साउन ८ । ६ पटकका ओलम्पिक च्याम्पियन धावक युजेन बोल्टले रियो ओलम्पिक सुरु हुनुअघि आफू उच्च‘फर्म’मा रहेको प्रमाणित गरेका छन् ।

लन्डनमा जारी ‘एनिभर्सरी गेम्स’मा पुरुष २०० मिटरतर्फ स्वर्ण जित्दै बोल्टले केही दिनपछि सुरु हुने रियो ओलम्पिकमा प्रभाव जमाउने संकेत गरेका हुन् ।

बोल्टले १९ दशमलव ८९ सेकेन्डमा दुरी पार गर्दा दोस्रो भएका पनामाका धावक अलोन्सो एडवार्डस ० दशमलव १५ सेकेन्डले पछि परे ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको नयाँ संस्करण यही साउन २१ गतेदेखि भदौ ६ गतेसम्म ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुँदैछ ।

सन् २००८ मा बेइजिङमा भएको समर ओलम्पिक र २०१२ मा लन्डनमा भएको समर ओलम्पिकमा १०० तथा २०० मिटरतर्फ स्वर्ण जितेका बोल्ट रियो ओलम्पिकमा पदक रक्षा गर्ने अभियानमा छन् ।

तर, जमैकाका २९ वर्षीय धावक पछिल्लो समय चोटग्रस्त बनेसँगै उनले स्वभाविक प्रदर्शन गर्नेमा शंका गरिएको थियो ।

एनिभर्सरी गेम्समा स्वर्ण जितेपछि बोल्दै बोल्टले अझै आफू स्वभाविक फर्ममा फर्किनसके पनि रियो ओलम्पिकसम्म शतप्रतिशत फिट हुने विश्वास व्यक्त गरे । (एजेन्सी)