१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चीनमा भीषण वर्षापछि बाढी, ७८ जनाको मृत्यु, १६ लाख मानिस घरबारविहीन


0
Shares

काठमाडौं, साउन ८ । चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ ।

‘सिन्ह्वा’ समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने आशंका गरेको छ । बाढीबाट बढी प्रभावित हेवेइ र हेनान प्रान्तमा हजारौं घर बगाएको छ ।

उत्तरी हेबेइ प्रान्तमा ५० हजार घर भत्किएका छन् भने ८ लाख मानिस बाढी प्रभावित भएका छन् ।

बाढीका कारण चीनभर १६ लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् । १ करोड ५० लाख हेक्टरमा लगाइएको बाली नस्ट भएको छ ।

यसबाट ३ बिलियन डलरभन्दा बढीको आर्थिक क्षति हुने अनुमान गरिएको छ ।

त्यहाँका अधिकारीहरुले बाढी प्रभावितहरुलाई खाद्यान्न र बसोबासको व्यवस्था मिलाइएको जनाएका छन् । बाढीका कारण सन्चार र यातायात सेवा अवरुद्ध भएको सिन्ह्वाले जनाएको छ ।

चीनमा यो वर्ष अहिलेसम्म बाढीका कारण २ सय भन्दा बढीको मृत्यु भएको छ । यो वर्ष विभिन्न सहरहरुमा बाढीको सतह सन् १९९८ पछिकै सबैभन्दा उच्च रहेको छ ।

चीनमा सन् १९९८ मा याङ्त्चे नदीमा आएको बाढीका कारण ४१ सयभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)