
काठमाडौं, वैशाख १२ । नेपाल टेलिकमले एसइई दिएका र उच्चशिक्षा अध्ययनरत् विद्यार्थीहरुका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको जनाएको छ ।
पहिलेदेखि नै उपलब्ध यो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।
यो अफरअन्तर्गत् विद्यार्थीहरुलाई ५० रुपैयाँ ‘टक भ्यालु’ भएको सिम निःशुल्क उपलब्ध गराइएको छ ।
यो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्नसकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।
बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ ।
यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्