९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


महिलामा हुने विभेद व्यावहारिकरुपमा अन्त्य गरिनुपर्नेमा जोड


0
Shares

काठमाडौं, वैशाख १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिकरुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।

‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे’का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनले कानुनीरुपमा महिलामाथि विभेद नभएपनि यसले व्यावहारिक रुप लिन नसकेको बताए ।

यसमा सुधार गर्न सरकार र सरोकारवाला संघ–संस्थाले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर यो क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

उक्त दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न संघ–संस्थालाई सम्मान पनि गरिएको थियो ।