
आहायो, साउन ७ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण ध्यान अमेरिकालाई सुरक्षित बनाउनेमा केन्द्रित रहने बताएका छन् ।
ओहायोमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकाबाट अपराध र हिंसा अन्त्य गरिने अठोट पनि व्यक्त गरे ।
पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि गरिएको मनोनयन स्वीकार्दै ट्रम्पले कानून व्यवस्थाको पूर्ण पालना बिना कुनै देशले पनि सम्मृद्धि हासिल गर्न नसक्ने बताए । उनले गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीविरुद्ध कडा कदम चालिने चेतावनीसमेत दिए ।
आफ्ना डेमोक्रेट प्रत्याशी हिलारी क्लिन्टनलाई भ्रष्टको संज्ञा दिँदै ट्रम्पले इराक, लिबिया, इजिप्ट र सिरियामा सत्ता परिवर्तन गर्न डेमोक्रेट प्रशासनले खेलेको भूमिकाको कटू आलोचना गरे । उनले इस्लामिक स्टेटलाई सखाप बनाउने अभियानमा सघाउने सबै मुलुकसँग आफूले राम्रो सम्बन्ध राख्ने पनि प्रष्ट पारे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्