१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


टर्कीमा सैन्य ‘कू’मा संलग्नलाई कारबाही गर्न तीन महिना संकटकाल


0
Shares

काठमाडौं, साउन ६ । टर्कीमा संकटकाल घोषणा गरिएको छ । त्यहाँको सरकारले तीन महिनाका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको हो ।

गत हप्ता सैनिक ‘कू’ को प्रयास भएपछि संविधान अनुसार राष्ट्रिय आतकालीन अवस्था घोषणा गरिएको राष्ट्रपति रिसेप तैइप एर्दोगानले बताए ।

राष्ट्रपति एर्दोगानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै तीन महिने संकटकाल घोषणा गरेका हुन् । उनले कू को प्रयास असफल पार्न नागरिकले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे ।

संकटकाल घोषणाले कू को प्रयासमा संलग्नलाई कारबाही गर्न सहयोग मिल्ने राष्ट्रपति एर्दोगानको भनाइ छ ।

आफ्नो देशमा आइपरेको समस्याका बारेमा बाहिरी राष्ट्रको हस्तक्षेप हुन नहुने भन्दै उहाँले समस्या सुल्झाउने आफ्नो अधिकार भएको जिकीर गरे । कू को प्रयासमा संलग्न र मतियार रहेको आरोपमा टर्कीमा ५० हजारभन्दा धेरै कारबाहीमा परिसकेका छन् ।

कारबाहीमा पर्नेमा कोही पक्राउ गरेका छन् भने कोही निलम्बित र बर्खास्त भएका छन् । कारबाही अभियान अझै जारी रहेको टर्की सरकारले जनाएको छ । (एजेन्सी)