१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


घाँटी रेटेर बालिकाको हत्या


0
Shares

                                                          फाइल फोटो

झापा, साउन ५ । झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ ।

झापाको शान्तिनगर–१ घर भएकी ११ वर्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा मंगलबार राति हत्या भएको प्रहरीचौकी बुधबारेले जनाएको छ ।

पाँच दिनअघि बुधबारे–५ निवासी इन्द्रचोकका डिल्लीराम प्रसाइँको घरमा मावली आएकी बालिकाको ढोकामै हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेलापरेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुराको पुष्टि भने गरेको छैन ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस