
काठमाडौं । नेपाल भाषा आन्दोलनका नेता मल्ल के सुन्दरद्वारा लिखित उपन्यास ‘शंखधर’ को आज राजधानीमा विमोचन गरिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेति र नेपाल भाषा प्रतिष्ठानका कुलपति चित्तरञ्जन नेपालीले सामुहकि रुपमा उपन्यास विमोचन गरे ।
उपन्यास नेपाल भाषाका प्रणेता शंखधर साख्वाको जिवनीमा आधारित रहेको छ । उपन्यासमाथि समालोचक अभि सुवेदीलगायतले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्