८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘सुल्तान’ले कमायो ५०० करोड भारु, रेकर्ड तोड्ला ?


0
Shares

काठमाडौं, साउन ४ । बलिउड सुपरस्टार सलमान खान अभिनित फिल्म ‘सुल्तान’ले अहिलेसम्म ५०० करोड भारु आम्दानी गरेको छ ।

ईदको अवसरमा जुलाई ६ तारिखबाट प्रदर्शनमा आएको सुल्तानले प्रदर्शनको १२औं दिनसम्ममा विश्वभरबाट ५०० करोड भारु कमाएको हो ।

फिल्म निर्माता यशराज फिल्म्सले सोमबार ट्वीटरमा यो जानकारी दिएको हो ।

भारतमा अहिलेसम्म सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड आमिर खानको फिल्म ‘पीके’को नाममा रहेको छ । यो फिल्मले विश्वभरबाट करिब ७९२ करोड भारु आम्दानी गरेको थियो ।

यस्तै, सलमान खानकै फिल्म ‘बजरंगी भाईजान’ले पनि ६०० करोड भारु बढी आम्दानी गरेको थियो ।

अली अब्बास जाफरको निर्देशनमा करिब ७० करोड भारुमा बनेको सुल्तानलाई आदित्य चोपडाले निर्माण गरेका हुन् भने सलमान खान र अनुष्का शर्माको फिल्ममा मुख्य अभिनय रहेको छ । (एजेन्सी)