९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


काला जातिबाट गोरा प्रहरी मारिएपछि ओबामासँग खनिए डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, साउन ३ । अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामाको आलोचना गर्दै देशमा नेतृत्वको कमी रहेको बताएका छन् ।

काला जातिका अमेरिकी नागरिकबाट गोरा प्रहरी मारिने क्रम बढ्दै गएपछि ट्रम्पले लगातार ओबामाको आलोचना गरेका छन् ।

लुजियानामा तीन प्रहरी अधिकृत मारिएपछि ट्वीट गर्दै ट्रम्पले आईएससँग लडिरहेको बेला आफ्नै नागरिकले आफ्ना प्रहरी मारिरहेको उल्लेख गरे ।

देश विभाजित भएको र विश्वले यो नियन्त्रण बाहिर गएको देखिरहेको उनले भनाई छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन हुनै लाग्दा ट्रम्पको यस्तो भनाई आएको हो ।

सम्मेलनले ट्रम्पलाई औपचारिक रुपमा पार्टीको राष्ट्रपति उम्मेदवार घोषित गर्ने सम्भावना छ । (एजेन्सी)