
काठमाडौं, साउन २ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमा पूर्वाञ्चलमा हुने भएको छ । आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले मंसिर ८ देखि १५ गतेसम्म राष्ट्रिय खेलकुद गराउने निर्णय गरेको हो ।
२०६८ सालमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदपछि सातौं खेल हुन अलमल भइरहेको छ । गत वर्ष मंसिरमै गर्ने भनिएको प्रतियोगिता पनि नाकान्दी र तराई आन्दोलनको बहानामा स्थगित भएको थियो ।
त्यस्तै बोर्ड बैठकले सन् २०१८ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
यता नेपाली कांग्रेस निकटका बोर्ड बैठकका कोषाध्यक्षसहितका चार सदस्यहरुले भने बैठक बहिस्कार गरेका छन् । एजेन्डामा छलफल हुँदै गर्दा राखेपका अध्यक्ष एवं खेलकुद मन्त्री सत्यनारायण मण्डलले विषयवस्तुभन्दा बाहिरको कुरा गरेको भन्दै कांग्रेस निकटका सदस्यहरुले बैठक नै बहिस्कार गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्