
काठमाडौं, साउन २ । साउन ६ गते बितरण गरिने पल्सर स्पोर्टस अवार्डलाई रुस्लान भोड्काले सहप्रायोजन गर्ने भएको छ ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गरे । प्रायोजन सम्झौता तीन बर्षको रहेको छ । प्रायोजन बार्षिक चार लाख रुपैयाँको रहेको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजन रहेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने नेपाली खेल क्षेत्रको सबैभन्दा प्रतिष्ठित कार्यक्रम हो । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइफटाइम र पिपुल्स च्वाइस गरी आठ विधामा अवार्ड प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्