
लन्डन, साउन २ । विश्व प्रख्यात पप स्टार माइकल ज्याक्सनको निधन भएको पाँच बर्ष बितिसक्दा पनि उनको नाम विवादमा तानिएको छ ।
पछिल्लो पटक उनकै चिकित्सक कोनराढ मरेले एक सनसनीखेज खुलासा गरेका छन् । मरेका अनुसार माइकल ज्याक्सनले ह्यारी पोर्टर चलचित्रकी नायिका इमा वाट्सन ११ वर्षकै हुँदा उनीसँग बिहे गर्न चाहेका थिए ।
बेलायती अखबार ‘दि मिरर’ ले माइकल ज्याक्सनका चिकित्सक मरेका उल्लेखित भनाइलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।
मरेमाथि माइकल ज्याक्सनलाई औषधीको ‘ओभरडोज’ दिएको आरोप लागेको थियो । उनी माइकल ज्याक्सनको अन्तिम समयमा निकट थिए ।
उनका अनुसार माइकल ज्याक्सनले १२ वर्षीय हेरिएटसँग बिहे गर्ने चाहना राखेका भए पनि चाँडै नै उनले ११ वर्षीय वाट्सनप्रति झुकाव राख्न थालेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्