९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


विश्वले टर्कीमा कस्तो व्यवस्था चाहन्छ ?


0
Shares

काठमाडौं, साउन १ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले टर्कीमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई समर्थन गर्न टर्कीका राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

त्यसैगरी नेटोले टर्कीको प्रजातान्त्रिक संस्थालाई पूर्ण सम्मान गर्न आग्रह गरेको छ । टर्की नेटोको सदस्य राष्ट्र हो ।

यूरोपियन यूनियनका अध्यक्ष डोनाल्ड टस्कले टर्की युरोपियन यूनियनको महत्वपूर्ण सदस्य भन्दै टर्कीको संवैधानिक प्रक्रिया नियमित गर्न आह्वान गरेको छ । इरानले यस क्षेत्रमा कुनै कु को स्थान नभएको भन्दै यसको विरोध गरेको छ ।

टर्कीमा पहिलो पटक सन् १९६० मा युवा सैन्य अधिकारीहरुले चेन अफ कमाण्ड बाहिर बसेर प्रजातान्त्रिक सरकारविरुद्ध सैन्य कू गरेका थिए । त्यसपछि सन् १९७१, १९८०, १९९७ मा विभिन्न नाममा सैन्य कू गरिएका थिए । (एजेन्सी)