९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


फ्रान्समा भएको आतंकवादी हमलाको नेपालद्धारा निन्दा


0
Shares

काठमाडौं, साउन १ । नेपालले फ्रान्सको दक्षिणी सहर नीसमा बिहीबार भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले आ–आफ्ना फ्रान्सेली समकक्षी राष्ट्रपति फ्राँस्वा ओलान्द, प्रधानमन्त्री मान्युयल भल तथा विदेशमामिला र अन्तर्राष्ट्रिय विकासमन्त्री जँ–मार्क आरौलाई शुक्रबार छुट्टाछुट्टै शोकसन्देश पठाइ फ्रान्सको यस दुःखपूर्ण घटनामा नेपाली जनता र सरकारका तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ । रासस