
काठमाडौं, असार ३१ । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान ३ सय ३९ रनमा समेटिएको छ ।
लर्डसमा जारी टेस्टमा पहिले ब्याटिङ गरेको पाकिस्तान उच्च योगफलतर्फ अगाडि बढ्दा–बढ्दै ३ सय ३९ रनमा समेटिएको हो ।
कप्तान मिसबाह उल हकको १ सय १४ तथा असद सफिकको ७३ रनको मद्दतले ४ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको पाकिस्तानले थप ५७ रन जोड्दा पछिल्ला ६ विकेट गुमाएको थियो ।
इंग्ल्यान्डका लागि क्रिस ओक्स्ले ६ तथा स्टुवार्ड ब्रोडले ३ विकेट लिए ।
जवाफमा इंग्ल्यान्डले ८ रन जोड्दा पहिलो विकेट गुमाएपनि रन भने तीव्रगतिमा जोडिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्