९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


प्रहरी र अश्वेत अमेरिकी नागरिकबीचको सम्बन्ध सुधार्न ओबामाको पहल


0
Shares

वासिंटन, असार ३१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रहरी र अश्वेत अमेरिकी समुदायलाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

अमेरिकामा बढ्दो जातीय तनावपछि एबीसी टेलिभिजनको छलफलमा बोल्दै राष्ट्रपति ओबामाले एक अर्काका विचार सुन्दै सबै नजिक हुनु आवश्यक भएको बताए । नयाँ पुस्ताले प्रहरीलाई विश्वास गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उनले प्रहरी एक्लैलाई भारी थोपर्न नसकिने उल्लेख गरे ।

राष्ट्रपति ओबामाले अश्वेत र ल्याटिन अमेरिकी जनतामा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा समेत जोड दिए ।

केही दिन अघि लुजियाना र मिनेसोटा राज्यमा गोरा प्रहरीबाट काला व्यक्ति मारिएपछि त्यसको बदलास्वरुप डलासमा गत हप्ता एक व्यक्तिले पाँच जना प्रहरीको गोली हानी हत्या गरेका थिए । यसपछि प्रहरी र जनताबीचको सम्बन्धलाई लिएर बहस शुरु भएको छ ।