९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


बेलायती राजकुमार ह्यारीले एचआइभी परीक्षण गराए (फोटोफिचर)


0
Shares

लन्डन, असार ३१ । बेलायतका राजकुमार ह्यारीले एचआइभी परीक्षण गराएका छन् ।

लन्डनस्थित सेन्ट थोमस अस्पतालमा पुगेर उनले एचआइभी परीक्षण गराएका हुन् । औंलाबाट रगत झिकेको करिब एक मिनेटमै रिपोर्ट आएको थियो । उनको एचआइभी रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । रिपोर्ट ‘पोजेटिभ’ पाइएमा एड्स संक्रमित भनेर बुझिन्छ ।

राजकुमार ह्यारीले एचआइभी परीक्षण गराएको दृष्यलाई सोशल नेटवर्किङ साइटमा भिडियोमार्फत प्रशारण गरिएको थियो । उनी अस्पताल जानुभन्दा करिब १० मिनेट अघिमात्र भ्रमणबारे जानकारी दिइएको थियो ।

एचआइभी परीक्षण कति सहज छ भन्ने देखाउनका लागि भिडियो पोस्ट गरिएको अधिकारीहरुको भनाइ छ ।

 (एजेन्सी)