१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कारागारभित्रै गाँजाको कारोबार


0
Shares

काठमाडौं, असार ३१ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने कारागारभित्रै लागू औषधको कारोबार हुने गरेको पाइएको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित कारागारमा बाहिरबाट खरिद गरी लगिएको १ किलो गाँजा प्रहरीले बरामद गरेपछि लागूऔषधको कारोबार हुने गरेको खुलेको हो ।

गाँजाको कारोबारमा केही कैदीबन्दीसँगै कारागार प्रशासनका कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान सुरु गरेको छ । कैदीबन्दीका लागि लगिएको दहीको ड्रममा गाँजा बरामद भएको जिल्ला प्रहरीका नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । –कान्तिपुर दैनिकबाट