१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘रुसले सत्ता छाड्ने विषयमा कहिल्यै कुरा गरेको छैन’


0
Shares

काठमाडौं, असार ३० । सिरियाका राष्ट्रपति बशार अल असादले आफूलाई सत्ता छाड्ने विषयमा रुसले कहिल्यै कुरा नगरेको बताएका छन् ।

‘एनबीसी’ टेलिभिजनसँग कुरा गर्दै असादले पद छाड्नुपर्ने विषयमा रुसले एक शब्द पनि कुरा नगरेको जिकिर गरे । सिरियाली जनतालेमात्र सत्तामा रहने/नरहने विषयमा निर्णय गर्ने असादको भनाइ थियो ।

अमेरिकाले आतंकवादीहरुलाई सिरियाली सरकार हटाउन सहयोग गरेपनि आफूहरु भने उनीहरलाई पराजित गर्न चाहेको असादले उल्लेख गरे ।

रुसले विद्रोहीविरुद्ध युद्ध गर्न सिरियाली सरकारलाई बलियो कुटनीतिक र सैन्य सहयोग गरिरहेको छ ।

यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने राजनीतिक समाधानबाटमात्र युद्ध अन्त्य गर्न सकिनेमा जोड दिँदै आएका छन् ।

अमेरिकाले असादलाई सिरियामा नरसंहार मच्चाएको आरोप लगाउँदै राजनीतिक संक्रमण र युद्ध अन्त्यका लागि सत्ता छाड्नुपर्ने अडान राख्दै आएको छ ।

सिरियामा सन् २०११ देखि असादको शासनविरुद्ध चर्किएको गृहयुद्धका कारण २ लाख ६० हजारभन्दा बढी मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन् । (एजेन्सी)