
काठमाडौं, असार २९ । चीनले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)माथि आफ्नो हवाई प्रतिरक्षा क्षेत्र बनाउने अधिकार रहेको जिकिर गरेको छ ।
नेदरल्यान्डस्को दि हेगस्थित अन्तर्राष्ट्रिय इजलासले दक्षिण चिनियाँ समुद्रमाथिको दाबीलाई अस्वीकार गरेको भोलिपल्ट (बुधबार) चीनको यस्तो भनाइ सार्वजनिक भएको हो ।
चीनले अन्तर्राष्ट्रिय इजलासको निर्णयलाई अस्वीकार गर्ने जनाइसकेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनैपनि निर्णयले चिनियाँ समुद्रमाथिको भौगोलिक अखन्डताको अधिकार खोस्न नसक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय इजलासले बुधबार फिलिपिन्सले दायर गरेको मुद्दाको पक्षलाई सही ठहर्याउँदै उक्त समुद्रको संशोधनमाथि चीनको एकाधिकार पुष्टि गर्ने कुनै ऐतिहासिक प्रमाण नभेटिएको निर्णय गरेको थियो ।
चीनले उक्त इजलासको कारबाहीमा भाग लिन पनि अस्वीकार गरेको थियो । चीनले दक्षिण चिनियाँ समुद्र आफ्नो भएको दाबी गर्दै त्यहाँ कृत्रिम टापु निर्माण गरिरहेको छ ।
दक्षिणी चिनियाँ समुद्रमाथि फिलिपिन्स, ताइवान, भियतनामलगायतका मुलुकले पनि आफ्नो दाबी गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्