२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


रुकुममा डिजिटल नागरिक वडापत्र सञ्चालनमा


0
Shares

रुकुम, असार २९ । पुरानो नागरिक वडापत्र सर्वसाधारणका लागि पढ्न गाह्रो र झन्झटिलो भएको भन्दै जिल्ला समिति रुकुमले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।

कार्यालयको सेवा र सुविधाका बारेमा सेवाग्राहीलाई सहज रुपमा जानकारी गराउने उद्देश्यले नागरिक वडापत्र सञ्चालन गरिएको हो ।

सर्वसाधारणलाई वडापत्रमा लेखिएको व्यहोरा पढ्न गाह्रो र झन्झटिलो हुने गरेका कारण भिडियो रेकर्डिङमा नागरिक वडापत्र राखिएको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

नागरिक वडापत्रमा जिल्ला विकास समितिबाट हुने सेवा, कुन कामका लागि कुन व्यक्तिलाई भेट्नु पर्ने र कुन कामको कति समय लाग्छ भन्ने बारेमा भिडियो रेकर्डिङ गरिएको छ ।

भिडियोमार्फत् कार्यालयले दिने सेवाका बारेमा जानकारी पाएपछि सेवाग्राहीलाई कामकाजका लागि सहज भएको छ ।