११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


च्याम्पियन्स लिग फुबटलका छनोट खेल जारी, लिंकन रेड्स विजयी


0
Shares

काठमाडौं, असार २९ । युएफा च्याम्पियन्स लिग फुटबलका छनोट चरणका खेल जारी छन् ।

दोस्रो छनोट चरणअन्तर्गत मंगलबार राति भएको खेलमा स्कटल्याण्डको सेल्टिकलाई जिब्रल्टारको लिंकन रेड्स फुटबल क्लबले हराएको छ ।

विश्व फुटबल महासंघ फिफाको कान्छो सदस्य राष्ट्र जिब्रल्टारको अर्ध व्यावसायिक फुटबल क्लब लिंकन रेड्ससँगको हार स्कटिस च्याम्पियन सेल्टिकका लागि इतिहासकै सबैभन्दा लज्जास्पद हारको रुपमा हेरिएको छ ।

च्याम्पिन्यस लिग दोस्रो चरणको छनोटअन्तर्गत मंगलबार जिब्रल्टारमा भएको पहिलो लेगको खेलमा सेल्टिक १–० ले पराजित भएको हो ।

खेलका लिंकन रेड्सलाई विजयी गराउन लि क्यास्कारोले ४८ औैं मिनेटमा निर्णयक गोल गरे ।

दोस्रो लेगको खेल अर्को हप्ता स्कटल्याण्डको ग्लास्गोमा हुनेछ । च्याम्पियन्स लिग छनौटका अन्य खेलहरुमा रोमानियाको बाते बोरीसोभ, क्रोएसियाको डाईनामो जाग्रेब र अष्ट्रियाको एफ.सी रेडबुल साल्जबर्ग विजयी भएका छन् ।