९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शरीरमै चुम्बकीय शक्ति छ यी बालकको (फोटो फिचर)


0
Shares

टर्की, असार २८ । टर्कीका एक बालकको शरीरमा चुम्बकीय शक्ति पाइएको छ । नौ वर्षीय ती बालकले आफ्नो शरीरमा चुम्बकीय गुण रहेको दाबी गर्दै केही नमुनासमेत सार्वजनिक गरेका छन् ।

टर्कीको दक्षिण पश्चिमी तटीय क्षेत्र अन्टाल्यामा बस्दै आएका उनले एउटा टेलिभिजन शो हेरेपछि त्यसबाट प्रभावित हुँदै केही अभ्यास गरेको बताइन्छ । यस क्रममा उनले आफ्नो शरीरमा असाधारण शक्ति रहेको महसुस गर्दै चुम्बकीय शक्तिको अनुभूति गरेको परिवारजनको भनाइ छ ।

मेहमेत नाम गरेका ती बालकको छाती तथा ढाडमा चम्चालगायतका भाँडाका साथै फलामका सामान तान्ने शक्ति पाइएको छ । उनले साना भाँडाकुडा र फलामका औजार छातीमा टाँसेर भिडियोसमेत सार्वजनिक गरेका छन् । एक अनलाइनमा सार्वजनिक भएको सो भिडियो अहिले भाइरल भएको छ ।

मेहमेतका अनुसार उनी रिसाएको बेलामा यस्तो शक्ति अझ बढी हुने गर्दछ ।

उनका पिता हुसेनका अनुसार भान्छाका साना सामाग्रीहरु मेहमेतको शरीरले सजिलै तान्न सक्छ । उनको स्वास्थ्यमा अहिलेसम्म कुनै समस्या नआएको र अस्पताल पनि नलगिएको हुसेनको भनाइ छ । (एजेन्सी)