
काठमाडौं, असार २८ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीले आसन्न ओलम्पिक खेलकुदका लागि ब्राजिलको रियो दि जेनेरियो शहर तयार भएको बताएको छ ।
ब्राजिलको तयारीप्रति बेला बखत आशंका ब्यक्त भईरहेको बेला आईओसीको निरिक्षण टोलीले ओलम्पिक खेलका लागि आवश्यक सबै तयारी पुरा भएको बताएको हो ।
आईओसीको निरिक्षण टोली प्रमुख नवाल अल मौतावाकेलले रियो ओलम्पिकको सबै तयारीप्रति सन्तुष्टी जनाउँदै विश्वभरका खेलाडीहरुलाई स्वागत गर्न रियो शहर तयार भएको बताएका हुन् ।
यसअघि ब्राजिलको आर्थिक संकट, राजनीतिक अस्थिरता र जिका भाईरसको संक्रमणलगायतका कारणहरुले रियो ओलम्पिकको तयारीमा अवरोध आएको थियो ।
तर पनि ओलम्पिक आयोजकहरुले सबै चुनौती पार लगाउँदै तयारी पुरा गरेको बताइएको छ ।
यही अगष्ट ५ दोखि २१ तारिखसम्म ब्राजिलमा हुने दक्षिण अमेरिकी महादेशकै पहिलो ओलम्पिक खेलकुदमा १० हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्