
बुटवल, असार २७ । बुटवलको मोतीपुरमा केही समयदेखि खेतीयोग्य जमिन बनाउने भन्दै अवैधरुपमा गिट्टी, बालुवा निकाल्दै आएका ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमतिसमेत लिइ बालुवा र ढुंगा निकाल्दै आएकाहरुलाई दुईओटा स्काभेटर, एउटा टिपरसहित सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रुपन्देहीमा केही समययता माछापोखरी बनाउने र खेतीका लागि भन्दै अवैधरुपमा गिटी, बालुवा निकाल्नेक्रम निकै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्