
काठमाडौं, असार २७ । भारतको मध्य प्रदेशमा भारी वर्षा पछि आएको बाढीका कारण कम्तिमा २२ जनाको मृत्यु भएको छ ।
नौ जना मानिस हराइरहेका छन् । बाढीका कारण ३ लाख ३२ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
भारी वर्षाका कारण नदीहरुमा पानीको सतह निकै माथि पुगेको छ । राज्यको राजधानी भोपालमा अरु स्थानमा भन्दा कम पानी परेपनि सन् १९७३ को वर्षाको रेकर्ड भने तोडेको छ ।
बाढी प्रभावित हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । विभिन्न शहरसँगको सम्पर्क टुटेको छ भने केही शहर पूरै ढुबानमा परेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्