९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


जापानमा प्रधानमन्त्री शिन्जो आबेको पार्टीलाई बहुमत


0
Shares

काठमाडौं, असार २७ । जापानको संसदको माथिल्लो सदनको आधा सीटका लागि भएको चुनावमा प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ ।

यो जितसंगै प्रधानमन्त्री आबेसँग अब संविधान संशोधनका लागि प्रस्ताव गर्ने विकल्प खुलेको छ ।

माथिल्लो सदनको २ सय ४२ सीट मध्ये १ सय २१ सीटका लागि मतदान भएको हो । सदनको बाँकी आधा सीटमा सत्तारुढ गठबन्धनको पहिल्यै ७७ सीट छ ।

चीनको बढ्दो शक्तिलाई ध्यान दिंदै प्रधानन्त्री आबे आफ्ना सेनालाई बढी सक्रिय बनाउने भूमिकाको खोजीमा छन् ।

जापानको संविधानले विदेशी भूमिमा सेना पठाउन रोक लगाएको छ । ७० वर्ष पहिले दोस्रो विश्व युद्धमा पराजित भएको जापानमा अमेरिकाले शान्तिवादी नाम दिइएको संविधान बनाइदिइएको थियो । (एजेन्सी)