
काठमाडौं, असार २७ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको चेतावनी दिएको छ ।
उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न सहमति भएपछि उत्तरको यस्तो चेतावनी आएको हो ।
प्योङयाङले यसलाई पूरै चुनौतिको रुपमा लिएको जनाएको छ । उत्तर कोरियाले बारम्बार अमेरिका र छिमकी दक्षिण कोरियालाई आक्रमणको धम्की दिइरहने गरेको छ ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि परमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ ।
केही दिनअघि मात्र अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध लगाएको प्रतिबन्धलाई प्योङयाङले युद्धको खुल्ला घोषणा भनेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्