
काठमाडौं, असार २६ । मैत्रीपूर्ण खेल र अभ्यासका लागि इंग्ल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि नेपालले इंग्ल्याण्ड जाने खेलाडी, प्रशिक्षक र कर्मचारीहरुको बिदाइ गरेका हुन् ।
विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सविरुद्ध हुने खेलको तयारी स्वरुप नेपाली टोली इंग्ल्याण्ड जान लागेको हो । भ्रमणका क्रममा नेपालले त्यहाँका स्थानीय क्लबहरुका साथै बिश्वको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट एकेडेमीसँग विश्वप्रशिद्ध क्रिकेट मैदान लर्ड्समा मैत्रीपूर्ण खेल खेल्ने छ ।
नेपाली टोलीका कप्तान पारस खड्काले लर्ड्समा खेल्न पाउनु ठूलो अवसर भएको भन्दै आपूmहरु उत्साहित बनेको बताए । यस्तै, टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले इंग्ल्याण्ड र नेदरल्याण्ड्सको अवस्था मिल्दोजुल्दो भएकाले नेदरल्याण्ड्स विरुद्धको खेलका लागि राम्रो तयारी हुने विश्वास ब्यक्त गरे ।
यसैबीच, युवा दिवसको अवसरमा सरकारले राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दिप लामिछानेलाई १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्