९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दक्षिणी सुडानमा हिंसा, एक सयभन्दा बढीको मृत्यु


0
Shares

सुडान, असार २६ । दक्षिणी सुडानमा हिंसा भड्कँदा एक सयभन्दा बढी मारिएका छन् ।

दक्षिणी सुडानको राजधानी जुबामा राष्ट्रपति सलवा कीर र उपराष्ट्रपति रीक मखारबीच भेटघाट भइरहेकै बेला राष्ट्रपति भवन बाहिर गोली हानाहान हुँदा एक सयभन्दा बढी मारिएका हुन् ।

कीर र मखार समर्थित सुरक्षाकर्मीबीचमै हिंसा मच्चिएको हो । यसलगत्तै शहरको विभिन्न भागमा गोली हानाहान हुनका साथै बम विस्फोट भएको थियो ।

सुडानबाट अलग भएको पाँच बर्ष पुगेको उपलक्ष्यमा भव्य समारोह गर्न लागिएका बेला हिंसा भड्केको बताइन्छ । घटनालगत्तै राजधानीलगायत अरु शहरमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

त्यहाँ २० महिना लामो हिंसा रोकी शान्ति स्थापना गर्न दुई नेताबीच सन् २०१५ मा सहमति भएपनि पूर्ण रुपमा लागू हुन सकेको छैन । दुबै नेताले घटनालाई दूर्भाग्यपूर्ण बताएका छन् । (एजेन्सी)