
नरेन्द्रराज पौडेल –
विश्वको चौथो ठूलो धार्मिक समुदायको रुपमा रहेको इस्लामजगतले मान्दै आएको सवैभन्दा लामो पवित्र धार्मिक पर्व हो – रमजान । लाखौं इस्लामभक्तहरु जम्मा भएर नेपालका विभिन्न भागमा हर्षोल्लासका साथ आपसी सदभाव र भाइचारा साटासाट गरेर भव्य रुपमा यो पर्व भर्खरै मात्र सम्पन्न भयो ।तर नेपालबाहिर भने यस वर्ष सवैतिर स्थिति अनुकूल रहेन । यो महान धार्मिक पर्व पनि उद्देश्य अनुरुप भाइचाराले भरपूर शुद्ध सदाचारपूर्ण रहन सकेन । उल्टै कट्टर इस्लाम कित्ताका आइएस, मुजाहिद्दीन, लस्करेतोइवा आदि सशस्त्र विद्रोही समूहले गराएका हिंसात्मक र ध्वंशात्मक घटनाहरुले रक्तरञ्जित बन्यो । टर्की इराक सिरिया अफगानिस्तान पाकिस्तान बाङ्गलादेश लगायत विभिन्न देशका सम्वेदनशील ठाउँहरु आत्मघाती विस्फोट र बन्दूकका आवाजले थर्किए । त्यहाँ भएका रक्तपातपूर्ण घटनाहरुमा हजारौं निर्दोष नागरिकको ज्यान गयो । प्रार्थनामा जुटेका हजारौं इस्लाम भक्तहरु अङ्गभङ्ग भए । त्यतिमात्र होइन स्वयं हजरत महम्मदले अन्तिम विश्राम लिएको पवित्र स्थल मदिनामासमेत आतङ्की हमला गरेर आपूmलाई इस्लामकै मसिहा मान्ने कट्टरपन्थी आइएस आतङ्कवादीहरुले कायरतापूर्ण दुर्दान्त छवि पस्तुत गरे । संपूर्ण मुस्लिम जगतको आस्था धरोहर रहीआएको पवित्र स्थलसमेत रमजानकै समयमा रक्तपातको अखाडा बन्न पुग्यो । दिन र रातका विभिन्न प्रहरमा सम्पन्न गरिने अल्लाहको प्रार्थनाकोलागि जम्मा भएका लाखौंलाख भक्तजन एकत्रित भएको अवसर पारेर मदिनामा सांघातिक हमला हुँदा धेरै सुरक्षाकर्मी र हाजीहरु दिवङ्गत भए ।
अखिर कुन सिद्धान्त विचार वा नैतिक धरातलमा उभिएर यस प्रकारका पाशविक आक्रमण भैरहेछन ? अनन्य आस्थाकेन्द र धार्मिक स्थलमाथि नै किन भैरहेछन ? रगत सिनो र सूँगुरदेखि घृणा गर्ने अल्लाहका उपदेशमाथि प्रश्न खडा भयो । मक्कापछि दोस्रो महत्वपूर्ण पवित्र धार्मिकस्थल मानिने मदिना क्षेत्र नै रक्तरञ्जित बनाउने घटना अन्य धर्मावलम्बीकोलागिसमेत लज्जा र ग्लानिको विषय बन्यो ।रमजान स्वयं शान्ति भाइचारा दान र त्यागको पर्व हो । शरीरशुद्धि एकाग्रता र सदाचारको उपासना हो ।
इस्लामिक पात्रोअनुसार हिजरी वर्षको नवौं महिनाको शुरुदेखि थालिने यो व्रत दशौं महिनाको पहिलो चन्द्रदर्शनपछि समाप्त हुन्छ । सूर्यास्त र सूर्योदयबीच रातमामात्र सुद्ध सात्विक खानपान गरिने परम्परा हजारौं बर्षअघिदेखि चल्दै आएको हो । नेपाली सजिनअनुसार असारसाउनकोबीचमा एक महिना चल्ने यो व्रत प्रतिवर्ष संसारभर एकैपटक मनाइदै आएको छ । नेपालमा मनाइने ह्लोसारजस्तो अलगअलग समुदायले अलग समयमा मनाउने गरिन्न । सिया सुन्नी र कव्वाडीलगायत संसारभरका मुस्लिम समुदायले एकसाथ मनाउने यो धार्मिक पर्वलाई नारीपुरुष आवाल वृद्ध सवैले श्रद्धाभक्ति र हर्षोल्लाशपूर्वक मनाउने गरेका छन । ईश्वरप्रति एकाग्रता, कुरान पाठ र अहिंसा सदाचारको पवित्र व्यवहारले अल्लाहप्रति आपूmलाई समर्पित गर्ने र सांसारिक कुकर्मबाट बच्ने यो पर्व अत्यन्त आस्था भक्ति र ंश्रद्धापूर्वक मनाउने गरिन्छ । कुरान धर्मग्रन्थ पृथ्वीमा अवतरण भएदेखि नै रोजा ब्रत सर्वव्यापी भएको मानिदै आएको मुस्लिम समाजको विश्वास छ ।
विगत केही दशकयता रोजा व्रतभित्र पनि विध्वंशकारी समुदायले प्रवेश गरेर सत्ताप्राप्त गर्ने मोहरा बनाउँदै आएकोछ । आपूmलाई कट्टर इस्लाम भनेर परिभाषित गर्ने आइएस लडाकुहरुले यसै वर्ष रमजानको महिनामा मात्रै विश्वका धेरै देशमा विध्वंश मच्याएर रक्तपातपूर्ण हिंसाको वितण्डा मच्चाए । रोजा समाप्तिको पूर्व संध्यामा पैगम्वरको समाधिस्थल मदिनामासमेत आत्मघाती विस्फोट गराएर आतङ्कको ताण्डव रुप प्रदर्शन गरे । सिया बर्तालुलाई लक्षित गरिएको भनेपनि यसै महिनाभित्र भएका विश्वभरका आतङ्कका घटनाले बर्तमान विश्को मानव सभ्यता र इतिहासलाई कलङ्कित र लान्छित बनाएको छ । रगत सिनो र सुँगुरदेखि टाढा रहने धार्मिक उपदेश पाएका इस्लामी युवाहरु स्वय रगतको होली खेल्नमा लालायित रहनु कतिसम्मको विसङ्गति र विडम्वना हो ! यसअघि पनि आतङ्कबादी समूहले अफगानिस्तानको कावूलमा गोली प्रहार गरेर एघार जना नेपालीको ज्यान लिएको थियो । नेपालीहरु कुनै युद्ध मोर्चामा अफगान शैनिकलाई सघाउन गएका लडाकु दस्ता थिएनन । वैदेशिक रोजगरीको सिलसिलामा काबूल पुगेपछि क्यानेडिएन दूताबासमा गार्डको काम पाएर कार्यरत थिए । उनीहरु न कुनै धार्मिक अतिबादी थिए न त अफगान सरकारद्वारा नियुक्त व्यक्ति नै थिए ।
रोजगारीको सिलसिलामा दूरदराजबाट आएका व्यक्तिहरुमाथि पाशविक आक्रमण गरेर हत्या गर्ने आततायीहरुको जघन्य अपराधलाई अल्लाहले क्षमा दिने छैनन् नै । “सवै विराना छिमेकीहरुसंग पनि सद्व्यवहार गर । ( कुरान ४। ३६ ) ” “इस्लाम धर्ममा कुनै पनि करकाप छैन । ” ( २। ५६। ) स्वंय कुरान भन्दछ ।पैगम्बर महम्मद र उनका चेलाहरुले नै तयार पारेको इस्लाम धर्मको अनन्य आप्त वक्य त्यहि एउटै कुरान मानिदै आएको छ ।
प्रोफेट महम्मदका अन्तिम सन्देशहरुमा यिनै उक्तिहरुको व्याख्या गरिएको छ । लौकिक उपदेश र व्याख्या विश्लेषण सहितका प्रवचनद्वारा संसारका हरेक मान्छेका कान र मष्तिस्कसंम पु¥याउने प्रयत्न गरिएको छ । तर ती धार्मिक प्रवचन र नीतिका विपरीत आइएस लडाकुका गतिविधिहरु अत्यन्त छाडा उच्छृङ्खल र इस्लाम धर्मग्रन्थकाविरुद्ध चलीराखेका छन् । उदार प्रजातन्त्रिक समाजवादी राज्यव्यवस्था अपनाएर विश्वलाई उदाहरण दिदै आएको मुस्लिम बाहुलराष्ट् बांगलादेशमा केही समयअघिदेखि नै स्वतन्त्र विचार राख्ने बुद्धिजीवि लेखक र हिन्दु पुजारीउपर सांघातिक हमला हुदैआएका थिए । अगिल्लो शुक्रवार आर्टिशन बेकरीमा रातीदेखि विहानसम्म बन्धक बनाएर कुरान पढन नजान्ने वीस जनाको कु्ररतापूर्वक हत्या गरेको घटनाले इस्लामिक चरमपन्थको कयरता र आपराधिक वानीव्यहोरा स्पष्ट भएको छ ।
जहाँ जतिबेर जसमाथि पनि आक्रमण गर्ने यो अतिवादले कुनै सिद्धान्त र आदर्शमा होइन आप्mनै स्वैर पागलपनमा काम गरेको स्पष्ट हुन्छ । त्यस्तै ढाका घटनाको लगत्तै शनिवार मध्यरातमा भएको बम हमलामा बगदादको व्यस्त बजारमा ट्कबम विस्फोट गराएर करीव २०० को हत्या गरिएको थियो । हजारौं घाइते भएका थिए । धार्मिक महोत्सवकोलागि किनमेल गर्ने आएका नरनारीहरुले रमजान मनाउनु पनि अपराध ठहर्ने भो त ? त्यस्तै टर्कीको इस्ताम्बूल नगीच .विमानस्थलमा अन्धधुन्ध गोली बर्षाउदै प्रवेश गरेको आइएस उग्रवादी दस्ताले आत्मघाती बम विस्फोट गराएर ४१ जनाको हत्या गरेको थियो । सन १९१५ को बर्षभरी ५ करोड मान्छेले यात्रा तय गरेका व्यस्त एयरपोर्टमा आत्मघाती बम आक्रमणमा घाइते हुनेहरुको संख्याभने सयौं पुगेको थियो । गत वर्ष ब्रसेल्समा अन्धाधुन्ध आत्मघाती बम विस्पोट गराएर पश्चिमी राष्ट्रहरुको व्यापारी सम्मेलनको केन्द्रमा आतङ्क मच्याउने तिनै आतङ्ककारीले फ्रान्सको राजधानी पेरिसमा समेत सोही वर्ष श्रृङलाबद्ध विस्फोटनको ताण्डव देखाएर १३० जनाको ज्यान लिएका र ४०० हाराहारीलाई घाइते बनाएका थिए ।
एकेश्वरवादको हिमायती भएर पनि इश्लाम धर्मले अरु धार्मिक सम्प्रदायपति घात वा आकमण गर्नु भनेको छैन । हिन्दु बौद्ध जैन शीख कुनै पनि धर्म वा सम्पदायप्रति घृणा र निषेधको भाव त्याज्य मानिएको छ । स्वयं कुरानमा लेखिएको छ— “यी काफिरहरु अल्लाहबाहेक जसको पूजा उपासना गर्छन त्यसलाई गाली नगर अन्यथा तिनीहरुले पनि अज्ञानतावस सीमा उलङ्घन गर्दै अल्लाहलाई गाली गर्नेछन । ” ( कुरान )
सवैलाई आआफ्नो धर्म मान्न स्वतन्त्रता भएकोले बाह्य हस्तक्षेप आक्रमण हुनु हुदैन भन्ने कुरानको मक्सद हो। तर कुरानको यस वाक्यलाइ इस्लामिक लडाकुहरुले नै मान्न छोडेपछि कुरानको धर्म र मानवताको रक्षा कसरी हुन सक्छ ? पेट्रोलियम पदार्थको अत्याधिक तस्करीबाट आम्दानी बडाएर छापामार समूहहरु युद्ध अपराधलाइ नै पेशा व्यवसायको रुपमा अपनाइ रहेका छन ।
इस्लामिक गणतन्त्रको नाममा हाल देखिएको रक्तरञ्जित हत्याआतङ्कको श्रृखलाले एक दशक अघिको नेपालको बाँदरमुडे घटनाको याद गराउछ ।
जनताको मसिहा घोषणा गर्दै सर्वहारा अधिनायकत्वमा राज्य चलाउन निर्देशित भै सशस्त्र विद्रोहमा उत्रिएको मओवादी पार्टीले हतियारको बलमा हजारौ हजार नरनारीहरुको ज्यान लियो । आफ्नो विचार र विध्वंशकारी क्रियाकलापसंग विमति राख्ने जो कोही निम्न बर्गीय उत्पीडित जाति, किसान,गरीव र भारी बोक्ने भरियाहरुसमेत गोलीको निसाना बने । केही मध्यम वर्गीय किसान र बाँकी अत्यन्त विपन्न जनताले .वसोवास गरेको चितवन माडी क्षेत्र चारैतिर जङ्गल चुरे पहाड र रापती खोलाले ढाकिएको बस्ति थियो ।
चुरे पहाड र वीहड जङ्गल (राष्टिय निकुञ्ज ) कोवीचमा रहेको सो क्षेत्र कच्ची बाटोले छोएकोले बस पनि कच्चीखाले नै चल्दथे त्यतिबेर । चालीस सीट भएको बसको तलमाथि एक सय पैसठ्ठी यात्रु बोकेर आएको बस बाँदरमुडे खोलामा आइपुग्दा माओवादीहरुले शक्तिशाली बम विस्फोट गराएर चालीस जनाको ज्यान लिएका थिए । पैसठ्ठी भन्दा बढी मरणासन्न घाइतेलाई भरतपुर अस्पताल र सेनाको हेलिकोपटरद्वारा उपचारार्थ राजधानी लगिएको थियो ।एकै परिवारका पाँच जनासम्म परेका त्यो दुखान्त घटनाका मुख्य पीडितहरु स्थानीय आदिवासी बोटे कुमाल दरै परिवारका बच्चा बुढाबुढी अनि माइतमावल आएका त्यस गाउका कुटुम्व र चेलीवेटीहरु थिए । तर माओवादीले राज्य सत्ता कव्जा गर्ने अभियानमा कुनै हिसावले बाधक वा प्रतिद्वन्दी नदेखिने ती नागरिक अनाहकमा किन विभत्स तरिकाले मारिए ? यसको जवाफ कसले दिने ? वास्तवमा बाँदरमुडे घटना माओवादी भनिने कम्यूनिष्टहरुको इतिहासमा कहिल्यै नमेटिने कलङ्क बन्यो । हजरत महम्दको सन्देशअनुसार त त्यस घटनाक कारकहरु निम्न अनुसार हुनेछन् ।“त्यस दिन तिमी अपराधीलाई जंजीरमा जकडेको देख्नेछौं । तिनीहरुको पहिरन अलकत्रा हुनेछ । तिनीहरुको अनुहारमा अग्निले ढाक्नेछ ।” ( कुरान १५ ।४९ )
प्रतिक्रिया दिनुहोस्