
कञ्चनपुर, असार २६ । रोजगारीका लागि भन्दै अवैधानिक रुपमा कञ्चनपुरको सीमा नाका गड्डाचौकीबाट भारत हुँदै तेस्रो मुलुक लैजाँदै गरिएका ६ जना युवतीको उद्धार गरिएको छ ।
प्रहरीको सहयोगमा माईती नेपाल कञ्चनपुरले ती युवतीको उद्धार गरिएको हो । कुवेत र ईराक जाने भन्दै भारत जाँदै गरेका धादिङका ३, म्याग्दीका २ र काठमाडौंका १ युवतीको उद्धार गरिएको हो ।
काठमाडौंबाट बुटवल हुँदै महेन्द्रनगर पुगेका र भारतीय नम्बर प्लेटको जिपमा भारत जाँदै गर्दा उनीहरु गड्डाचौकी नाकामा सुरक्षा जाँचका बेला हिजो पक्राउ परेका हुन् ।
जसक्रममा ६ युवती र १ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको राजधानी दिल्लीसम्म पुगाईदिने जिम्मा लिने पुरुष ५० वर्षीया माईबहादुर तामाङ हुन् ।
प्रतिक्रिया दिनुहोस्