९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


‘प्रहरी संगठनभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारी धेरै छन्’


0
Shares

काठमाडौं, असार २६ । प्रहरी महानरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारीको संख्या ठूलो रहेको स्वीकारेका छन् ।

पछिल्ला समयमा नक्कली प्रमाणपत्र भएका प्रहरी पक्राउ पर्न थालेपछि नेपाल प्रहरीले नै आन्तरिक छानविन सुरु गरेको उनले बताए । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रहरी प्रमुख अर्यालले प्रहरी संगठनको छवीलाई उच्च बनाउन आफू लागि परेको दावी गरे ।

नक्कली प्रमाणपत्रको जालो आश्चर्यलाग्ने गरी फैलिएको भन्दै उनले अरु क्षेत्रमा झै प्रहरीमा पनि नक्कली प्रमाणपत्रधारी रहेको र उनीहरुमाथि कार्वाही हुने प्रष्ट गरे ।

खराब काम गर्नेहरुलाई प्रोत्साहन गर्न नसकिने भन्दै प्रहरी प्रमुख अर्यालले नक्कली प्रमाणपत्र प्रयोग गरेर प्रहरी सेवामा प्रवेश गर्नेविरुद्ध कारवाहीको प्रक्रिया सुरु गरिएको बताए ।