९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


स्पेनमा साँढे जुधाईका क्रममा एकजनाको मृत्यु, लछारपछार पारेको दृश्य भाइरल(फोटोफिचर)


0
Shares

काठमाडौं, असार २६ । स्पेनमा साँढे जुधाईका क्रममा एक जना मारिएका छन् । २९ बर्षीय बारियोलाई सांढेको सिंगले छातीमा हान्दा उनको मृत्यु भएको हो ।

स्पेनको पूर्वी शहर तेरुइलमा भइरहेको साँढे जुधाई प्रतियोगिताको टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहँदा उनी मारिएको दृष्य विश्वव्यापी भएको थियो ।

उनको मृत्युप्रति स्पेनका प्रधानमन्त्री मारियानो रायोज पेडले समवेदना प्रकट गरेका छन् । यस खेलका क्रममा बितेको एक शताब्दीमा १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

जसमा ३३ जना साँढे जुधाईमा संलग्न रहेका छन् । बर्षेनी २ हजार साँढे जुधाई प्रतियोगिता हुने स्पेनमा खेल हेर्न देश विदेशमा हजारौं पर्यटक पुग्ने गर्दछन् । (एजेन्सी)