११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एण्डी मुर्रे विम्बल्डन टेनिसको फाइनलमा प्रवेश


0
Shares

काठमाडौं, असार २५ । विश्व नम्बर दुई बेलायती एण्डी मुर्रे विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

मुर्रेले सेमिफाइनलमा टोमस बर्डिचलाई हराएर तेस्रो पटक विम्बल्डन डेनिसको फाइलनमा स्थान बनाएका हुन् ।

मुर्रेेले १० औं बरियताका चेक गणतन्त्रका बर्डिचलाई ६–३, ६–३ र ६–३ को सोझो सेटमा हराए । २९ वर्षका मुर्रेले फाइनलमा छैटौं बरियताका क्याडियन किलोस राओनिकसँग खेल्नेछन् ।

राओनिक विश्व नम्बर तीन रोजर फेडेररलाई हराएर फाइनलमा पुगेका हुन् । राओनिकले फेडेररलाई ६–३, ६–७, ४–६, ७–५ र ६–३ को सेटमा हराएर पहिलो पटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् ।

२५ वर्षका राओनिकले सात पटक विम्बल्डन च्याम्पियन ३४ वर्षका फेडेररलाई हराएर मुर्रेसँगको फाइनल भेट पक्का गरेका हुन् ।