९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ताइवानमा भीषण आँधी, आँधी अब चीनको फुजियानतर्फ अघि सर्दै


0
Shares

काठमाडौं, असार २४ । ताइवानमा आँधीमा परी दुईजनाको मृत्यु भएको छ भने अरु ६६ जना घाइते भएका छन् ।

‘नेपारतक’ नामक आँधीका कारण राजधानी ताइपेयीलगायत अरु सहरका १५ हजार घर–परिवार विस्थापित भएका छन् । आँधीका कारण हवाई र यातायात सेवासमेत अवरुद्ध बनेका छन् ।

भारी वर्षापछि आएको आँधी विस्तारै चीनको फुजियान प्रान्ततर्फ अघि सरेको त्यहाँका मौसमविद्हरुले जनाएका छन् ।

उद्धारका लागि हजारौंको संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ ।

आँधीका कारण घरबारविहीन बनेकाहरुलाई उचित व्यवस्थापन गरिनुका साथै राहतको पनि व्यवस्था गरिएको ताइवान सरकारले जनाएको छ । (एजेन्सी)