
काठमाडौं, असार २४ । ताइवानमा गुडिरहेको रेलमा विस्फोट हुँदा कम्तिमा २४ जना घाइते भएका छन् ।
राजधानी ताइपेइको सोङसान रेलवे स्टेसनमा शुक्रबार भएको घटनाका अधिकांश घाइतेहरु पूर्णरुपमा जलेका छन् ।
रेलमा सवार यात्रुको झोलामा रहेको प्रज्जवलनशील पदार्थ पड्केर विस्फोट भएको त्यहाँको सुुरक्षाकर्मीले बताएपनि अनुसन्धान भने जारी रहेको जनाइएको छ ।
विस्फोटलगत्तै रेलमा आगलागी हुँदा रेलका कयौं डिब्बाहरु ध्वस्त भएका छन् ।
घटनालगत्तै बन्द गरिएका रेलवे सेवाहरु पुनःसुचारु भएका छन् । घाइते हुनेहरुमा अधिकांश युवाहरु रहेको बताइन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्