
काठमाडौं, असार २४ । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
आगामी असार ३१ र साउन २ गते बंगलादेशमा हुने खेलका लागि अनिल गुरुङको कप्तानीमा शुक्रबार २१ सदस्यीय टोली घोषणा गरिएको हो ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक रहेका जापानी प्रशिक्षक ग्योतेकु कोजीले प्रशिक्षणमा रहेका २९ खेलाडीबाट २१ जना छनोट गरेका हुन् ।
बिराज महर्जन उपकप्तान रहने टोलीमा गोलरक्षकहरुमा किरण लिम्बू, बिकेश कुथू र विशाल श्रेष्ठ छन् ।
डिफेन्डरहरुमा दिनेश राजवंशी, अनन्त तामाङ, आदित्य चौधरी, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, रन्जित धिमाल र मानबहादुर तामाङ रहेका छन् ।
मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, राजेन्द्र रावल, अन्जन बिष्ट र सुमन लामा छन् ।
यस्तै, फरवार्डहरुमा नवयुग श्रेष्ठ, रन्जन बिष्ट र भरत खवास रहेका छन् ।
आगामी नोभेम्बरमा हुने एएफसी ‘सोलिडारिटी कप’मा प्रतिस्पर्धा गर्न लागेको नेपालले सोही प्रतियोगिताको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्