९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अमेरिकामा गोरा प्रहरीको गोलीबाट काला जातिको व्यक्ति मारिएपछि तनाव


0
Shares

काठमाडौं, असार २२ । अमेरिकाको लुजियाना राज्यमा गोरा जातिका प्रहरीको गोली लागि एकजना काला जातिको व्यक्तिको मृत्यु भएको भिडियो सार्वजनिक भएपछि व्यापक विरोध चर्किएको छ ।

राज्यको राजधानी वाटोन रगमा ३७ वर्षीय एल्टन स्टर्लिङले एउटा पसलबाहिर बन्दुक लिएर सर्वसाधरणलाई आतंकित पारेपछि प्रहरीले उनलाई गोली हानेको बताइएको छ ।

प्रदर्शनकारीहरुले सडक अवरुद्ध पारेका छन् ।

अमेरिकामा प्रत्येक वर्ष एक हजारभन्दा बढी गोलीकान्डका घटना हुने गरेका छन् ।

यस्ता घटनामा मारिनेमा धेरैजसो काला अमेरिकी रहेका छन् । (एजेन्सी)